थप १ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा आज १ सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ६ सय ८ पुगेको छ ।
कोरोना सङ्क्रमणबाट आज थप ८३ जना निको भएसँगै हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्