उत्पादन क्षेत्रमा लगानी नगरेसम्म चाहे अनुसार विकास नहुने : मन्त्री पौडेल

भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवम् अर्थ मन्त्री विष्णु पौडेलले उद्योगीहरूका समस्याहरूलाई रचनात्मक सुझाव दिन व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ ।
नयाँ आर्थिक वर्षको लागि बजेटको तयारीको चरणमा प्रवेश गरेको बताउनुहुँदै अर्थ पौडेलले उद्योगीहरूका समस्याहरूलाई रचनात्मक सुझाव दिन आग्रह गर्नुभएको हो ।
जेठ १५ गते संवैधानिक व्यवस्था अनुरूप जेठ १५ गते बजेट लिएर आउँछौँ अर्थ मन्त्री पौडेलले भन्नुभयो, “ बजेटका कारण यहाँहरूले भोग्नुपरेका समस्याहरू के छन् सुझाव दिनुहोस्, बजेटका माध्यमबाट सम्बोधन गर्नुपर्ने विषयहरूलाई सम्बोधन गरिनेछ ।” उहाँले देशभरिका उद्योगीहरूका समस्या सङ्गठनहरूले सङ्कलन गरी ल्याउन व्यवसायीहरूलाई आग्रह गर्नुहुँदै मन्त्री पौडेलले समाधान गर्ने बताउनुभएको हो ।
सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६२औँ साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै अर्थमन्त्री विष्णु पौडेलले लगानी नभित्र्याएसम्म देशको विकास नहुने बताउनुभयो ।
उत्पादन क्षेत्रमा लगानी नगरेसम्म चाहे अनुसार विकास नहुने बताउनुहुँदै मन्त्री पौडेलले देश निजी क्षेत्रलाई प्रोत्साहन गर्ने निजी क्षेत्रको समस्या समाधान गर्न तयार भएको बताउनुभयो । उहाँले आफू रुपन्देहीको विकास सन्दर्भमा सधैँ चनाखो रहेको बताउनुभयो ।
उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनी ५१ सालमा आवाज उठाएर आयोजना सुरु गरी व्यवधान चिरेर अगाडी बढेको बताउनुभयो । उहाँले टर्मिनल बिल्डिङ लगायतका काम कोभिडका कारण केही विलम्ब भए पनि प्रथम चरणको काम सकिन लागेको बताउनुभयो ।
बुटवलदेखि बेलहिया ६ लेनको बाटो तयार पार गरेपछि भैरहवाको बुद्ध चोकदेखि लुम्बिनीसम्म सडक निर्माण गर्यौ अब बुटवलदेखि गैँडाकोट सम्मको सडक निर्माण हुन थालेको छ मन्त्री पौडेलले भन्नुभयो ।
सिद्ध बाबादेखि सुरुङ मार्गको समेत सुरुवात गर्न थालिसकेको जानकारी गराउनुहुँदै मन्त्री पौडेलले भन्नुभयो रुपन्देहीले विकासको गतिमा फड्को मार्न थालेको छ ।
“तिनाउ नदीको दुवै सडकमा कोरिडोर बनाउने गरी अगाडि बढेको र तिनाउ काली गण्डकी डाइभर्सन काली गण्डकीको पानी तिनाउ नदिमा खसाउनका लागि हामीले देखेको सपना केही वर्ष भित्र सपना पुरा हुन्छ यो चालु आर्थिक वर्षमा त्यसको डिपीआर निर्माणको काम सम्पन्न हुन्छ”, मन्त्री पौडेलले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्