तपाईँ सुन्दै हुनुहुन्छः

ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प : अध्यक्ष थापा 

भैरहवा  । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनः स्थापना भएपछि देशमा सांसदहरू किनबेच गर्ने अपवित्र गठबन्धन गर्ने परम्परा सुरुवात भएको बताउनुभएको छ ।
भैरहवामा राष्ट्रिय प्रजातान्त्रिक पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै अध्यक्ष थापाले अस्थिरता र अराजकताको अभ्यास हुन लागेको हुनाले प्रजातान्त्रिक पद्धतिका लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बताउनुभयो ।
उहाँले लोकतन्त्रको रक्षाको निम्ति नयाँ जनादेशमा जाँदा देशको लागि पनि हितकर हुने बताउनुभयो ।
राप्रपाका जिल्ला उपाध्यक्ष अजय गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री दिपक बोहोरा लगायतको पत्रकार सम्मेलनमा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button