मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड

काठमाडौं। तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड पाउनुभएको छ।
अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने आईडब्ल्यूओसी अवार्डबाट खातुन सम्मानित हुन लाग्नुभएको हो । यो अवार्ड पाउने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।
आगामी ८ मार्चमा भर्चुअल कार्यक्रमकाबीच अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कले उक्त पुरस्कार प्रदान गर्नुहुनेछ ।
गत वर्ष विद्यालय जाँदै गर्दा मुस्कानमाथि तेजाब आक्रमण भएको थियो। एसिड आक्रमणपछि उहाँ अहिले आफूजस्तै अन्यायमा परेकाहरूको लागि आवाज बुलन्द गर्दै आइरहनुभएको छ।
यसैबीच, नेपालका लागी अमेरिकाका राजदूत र्यान्डी बेरीले खातुनलाई अवार्ड पाउनुभएकोमा बधाई तथा शुभकामना दिनु भएको छ ।







प्रतिक्रिया राख्नुहोस्