तपाईँ सुन्दै हुनुहुन्छः

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार :चिकित्सक

बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् ।बेलायती महामारी एलिजावेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्वन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ ।

उहाँको स्वास्थ्यमा सुधार भएकाले उहाँले सहज महसुस गर्दै जानुभएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ ।उहाँलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उहाँलाई अर्को अस्पताल लैजानु परेको अधिकारीहरुको भनाइ छ ।

लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उहाँलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उहाँको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ ।

राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उहाँकी श्रीमती तथा महारानी एलिजावेथ द्वितीय भने अहिले ९४ बर्ष हुनुभएको छ ।रासस/एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button