तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा संसदीय दलको बैठक भोली बोलाइयो, १७२ सांसदलाई निमन्त्रणा

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक यही फागनु २२ गते दिउँसो ३.०० बजेका लागि बोलाइएको छ ।

नेकपाका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराइले नेकपाका सबै १७२ जनै सांसदहरुलाई संसद सचिवालयको कम्प्युटरबाट एमएमएस गरी निमन्त्रण पठाइएको बताउनुभयो ।

यस अघि नै राष्ट्रपतिबाट फागनु २३ गतेका लागि संसदको बैठक आव्हान भईसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button