प्रधानमन्त्रीद्वारा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास (फोटोफिचर)

सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट सिँचाइसँगै अन्य धेरै क्षेत्रमा सकारात्मक परिणाम देखिने बताउनुभएको छ ।

राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको कुसुमटारमा शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले सुनकोशी नदीको पानीलाई सुरुङबाट मरिन नदीमा जोडेर बनाइने आयोजनाबाट ३१ मेगावाट बिजुली निकालिने र धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आयोजनाले एउटा प्रदेशलाई मात्र नभएर तराई र पहाडको सम्बन्धलाई समेत जोड्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आयोजनाले प्रदेश नं. २ का जिल्लाहरूमा कृषि उत्पादन बढाउनुका साथै वातावरण संरक्षणमा सहयोग पुर्याई कृषियोग्य जमिनको मरूभूमीकरण हुनबाट बचाउने बताउनुभयो ।

करिब ४६ अर्ब रुपैयाँ खर्च लाग्ने सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण गर्न सरकारले २०७३ सालमा निर्णय गरी प्रक्रिया अगाडि बढाएको थियो ।






तस्बिर : प्रधानमन्त्रीको सचिवालय








प्रतिक्रिया राख्नुहोस्