तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा वार्षिक ३७ मृत शिशु जन्मन्छन्

सल्यान । सल्यानमा वार्षिक ३७ मृत शिशुको जन्म हुने गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७६/२०७७ मा ३७ जना शिशु मृत जन्मिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ  ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷२०७५ मा ५३ , आ.व. २०७५÷२०७६ मा ५७ र आ.व. २०७६÷२०७७ मा ३७  मृत्त शिशु जन्मिएका छन् ।

कार्यालयका सूचना अधिकारी थलराज डिसीका अनुसार विगतका आर्थिक वर्षहरू भन्दा केही सुधारोन्मुख भए पनि मृत्युदर बढी नै हो । नेपाल सरकारले जारी गरेको चार पटकको नियमित गर्भ जाँच, लामो समयसम्म सुत्केरी व्यथा लाग्नु लगायतका कारण आमाले मृत्त शिशुलाई जन्म दिइरहेको उनले बताए ।  उनले भने ‘आर्थिक वर्ष २०७५÷२०७६ मा झनै ५७ जना मृत्त शिशुको जन्म भएको थियो । तर गएको आ.व.मा  विभिन्न कार्यक्रममार्फत २० प्रतिशतले घटाउन सफल भएका छौँ । विश्वभर फैलिएको कोरोना महामारी नआएको भए अझै घटाउन सकिन्थ्यो होला ।’

पेटमा रहेको बच्चाको अवस्था के–कस्तो छ भनेर समय समयमा चेक जाँच नगर्दा, लामो समयसम्म सुत्केरी व्यथा लाग्नु, आमा स्वास्थ्य अवस्था कमजोर हुनु लगायतका कारण आमाले मृत्त शिशुको जन्म दिने गरेको कार्यालयका प्रमुख दशरथ श्रेष्ठले बताए ।

मधुमेह, क्यान्सर, धूम्रपान, चिन्ता, मोटोपन आदी आमा हुँदा पनि शिशु मृत्त अवस्थामा जन्मने गरेको उनको भनाई छ ।

गर्भवती महिलाले नेपाल सरकारको प्रोटोकल अनुसार नियमित ४ पटक वा आवश्यकतामा सोभन्दा बढी चेक जाँच गरेमा, गर्भवती महिलालाई घरपरिवारले सरसहयोग गरेमा, उमेर पुगेपछि मात्र गर्भवती भएमा शिशु मृत्युदर घटाउन सकिने उनको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button