सामाजिक सञ्जालमार्फत अभियान चलाएर अक्षयकोष स्थापना
भोजपुर । सामाजिक सञ्जालमार्फत अभियान चलाएर पूर्व बिद्यार्थीहरुको समूहले रकम सङ्कलन गर्दै भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा रहेको पञ्चकन्या माध्यामिक विद्यालयमा अक्षयकोष स्थापना गरेका
छन् ।
आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने लक्ष्यका साथ विद्यालयबाट २०५७ सालमा एसइई दिएका विद्यार्थीहरूले विद्यालयमा १ लाख १० हजार बराबरको अक्षय कोष स्थापना गरेका हुन ।
अक्षयकोषको रकमको व्याजबाट विद्यालयका कक्षा ८ देखि कक्षा १० सम्मका उत्कृष्ट विद्यार्थी र कक्षा ६ देखि १० सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिने छ ।
विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थी टलक बहादुर कार्कीले आफूले शिक्षा आर्जन गरेको विद्यालयलाई केही योगदान गर्ने लक्ष्यले कोषको स्थापना गरेको बताउनुभयो ।
पूर्व विद्यार्थीले आफूहरूसँगै सोही विद्यालयमा अध्ययन गरेर गाउँपालिकाको अध्यक्षसम्म बन्न सफल हुनु भएको भन्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईलाई सम्मान समेत गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्