सुनकोसी–मरिन डाइभर्सनको शिलान्यास गर्न सिन्धुली जानुहुँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओली शर्माले आज (विहिवार) राष्ट्रिय गौरवको आयोजना घोषित सुनकोसी–मरिन डाइभर्सनको शिलान्यास गर्दैहुनुहुन्छ । आयोजना शिलान्यास गर्न प्रधानमन्त्री ओी आज सिन्धुली जाँदै हुनुहुन्छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–२ को कुसुमटारमा आयोजनाको शिलान्यास समारोह आयोजना गरिएको छ ।
प्रधानमन्त्री ओलीसँगै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझी,वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, चिनियाँ राजदूत होउ यान्छीलगायत सिन्धुली जाने क्रार्यक्रम छ ।
सरकारले ०७६/०७७ को बजेटमा सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो । आयोजना निर्माणका लागि दुई अर्ब ५ करोड रुपैयाँको बजेट समेत विनियोजन भइसकेको छ । सो आयोजना बनेपछि मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाइ सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ ।
सुनकोसी नदीको पानी मरिन हुँदै बागमतीमा मिसाइ तराईमा सिंचाइको व्यवस्था मिलाउने गरी आयोजना निर्माण सुरु गरिएको छ । चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले आयोजनाको सुरुङ खन्ने ठेक्का १० अर्बमा पाएको छ।
आयोजना मुख्य रूपमा सिंचाइमा केन्द्रित भए पनि पानी डाइभर्सन गर्दा बिजुली पनि उत्पादन हुने भएकाले यसलाई बहुउद्देश्यीय आयोजना भनिएको हो ।
करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्