तपाईँ सुन्दै हुनुहुन्छः

झापामा सवारी दुर्घटना हुँदा दुई को मृत्यु, चार गम्भीर घाइते

सांकेतिक तस्बिर
भद्रपुर, झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको सुरुङगा आज दिउँसो भएको सवारी दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते चार जनाको उपचार भइरहेको छ ।
प्रहरीका अनुसार कनकाई नगरपालिका ४ सुरुङ्गास्थित कोटी होम नजिकै बुधवार दिउँसो  प्रदेश १–०४–००१च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपसमा ठोक्किँदा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ बस्ने २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बु पासाङ गाउँपालिका–१ बस्ने ३० वर्षीय दिलीप राना मगर घाइते भई उनीहरूको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख १६८४ नम्बरको ग्यास बोकेको ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको कार र मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
गम्भीर घाइते ३० बर्षीया अन्जु मगर, कारमै सवार ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापा शिवसताक्षी नगरपालिका २ बस्ने ३९ वर्षीय ज्ञानबहादुर कसाई र उनकी श्रीमती ३० बर्षीया सोनम श्रेष्ठको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनामा परेका तीन वटै सवारीसाधन इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button