अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गयो
अछाम । अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला बस्ने जक्ति कामीकी श्रीमती बर्ष ५३ की धर्मादेबी कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको त्यहाँका स्थानीय अगुवा जनक बटालाले जानकारी दिनुभयो ।
भीरबाट करिब २ सय मिटर तल खस्दा टाउकोमा गम्भीर चोट लागेर उनको घटनास्थलमै ज्यान गएको हो ।
मृतक कामीका श्रीमान् २ छोरा र ४ छोरी रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्