१ लाख ७६ हजार नगदसहित ३ जना जुवाडे पक्राउ

बीरगंज । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा १ लाख ७६ हजार नगद रुपैयाँसहित तीन जनालाई रङ्गे हात पक्राउ गरेको छ ।
बहुदरमाई नगरपालिका वडा नम्बर १ स्थित बाँसघारीमा जुवा खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नम्बर ९ का ४० वर्षीय गुरदेली साह, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ का २३ वर्षीय जङ्गबहादुर साह र कलैया–१४ का ४० वर्षीय राजेश मेहतालाई घटना स्थलबाट रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
प्रहरी घटनास्थलमा पुग्ने क्रममा अवैध रुपमा जुवा खेलाउने बहुदरमाई नगरपालिका वडा नम्बर १ का रवीन्द्र महतोसहित १५ जनाभन्दा बढी व्यक्ति भने फरार भएको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिनुभयो ।
अभियुक्तहरूलाई आज पर्सा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको खनालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्