तपाईँ सुन्दै हुनुहुन्छः

ढुक्क भएर कोरोना विरुद्धको खोप लगाउन सांसदहरुको आग्रह


काठमाडौँ।संघीय संसदका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाउनु भएको छ ।आज विहान नयाँबानेश्वरस्थित सिभिल अस्पताल पुगेर सांसदहरुले कोरोना विरुद्धको खोप लगाउनु भएको हो ।


बिहान १० बजेदेखि सुरु गरिएको खोप लगासकेपछि सभामुख अग्नीप्रसाद सापकोटाले यो कोरोना विरुद्धको खोप बैज्ञानिक अनुसन्धानबाट प्रमाणित भैसकेको हुनाले कोरोनसँग लड्न निर्धक्क भएर सवैले खोप लगाउन बताउनुभयो ।


पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमलदाहाल प्रचण्डले खोप लगाउदा कुनै अप्ठेरो नहुने भन्दै कोरोना भाइरस विरुद्ध लड्नका लगि विना हिचकिचाहट सहज रुपमा खोप सबैलाई आग्रह गर्नु भयो ।


सांसद लालबाबु पण्डितले कोरोनाको खोप लगाइसकेपछि कोरोनालाई लिएर आफ्नो मनमा भएको डर हटेको भन्दै भ्याक्सिनबाट कोहीपनि नडराउन र कोरोना भगाउनका लागि सबैले खोप लगाउनु पर्ने बताउनुभयो ।

सांसद जयपुरी घर्तीले सामान्य साइड इफेक्ट देखिएपनि त्यसको ठूलो नहुने भन्दै कोरोनाबाट बच्नका लागि खोप खोप लगाउन आग्रह गर्नुभयो ।
सासद यज्ञराज सुनुवारले सरकारले छिटोभन्दा छिटो आम नागरिकसम्म खोरोनाविरुद्धको खोज सहज रुपमा पु¥याउनु पर्ने बताउनुभयो ।


सांसद महेन्द्र कुमारी लिम्बुले कोरोनासँगको लडाई जित्नाका लागि पनि सवैले यो खोप ढुक्कसँग नडराईकन लगाउनु पर्ने बताउनु भयो ।
सांसदले खोप लगाउने कार्यक्रम जारी छ ।

आजबाट शुरु भएको खोप अभियानमा संघीय संसदका सांसदरु, कर्मचारीहरु, संसद भवनका कर्मचारीहरु र संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुले समेत खोप लगाउने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button