तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा घरेलु हिँसा बढ्दो

तनहुँ । तनहुँमा ७१ वटा मानव अधिकार हनन सम्बन्धी घटना दर्ता भएको छ । जसमा सबैभन्दा धेरै घरेलु हिँसा घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) तनहुँको वार्षिक प्रतिवेदन अनुसार जिल्लाभित्रका विभिन्न स्थानीय तहहरुमा घरेलु हिंसाबाट ४०,बलात्कारका घटना १९ र विभिन्न मुद्दाका घटना १२ गरि ७१ वटा घटनाहरु दर्ता भएका छन् ।

७१ वटा घटनाहरु दर्ता हुदाँ ९९ जना मानिसहरुको मानव अधिकार हनन भएको ईन्सेक तनहुँका जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

“सबैभन्दा बढि घरेलु हिंसामा परि मानव अधिकार हनन हुने गरेको छ ।” उहाँले भन्नुभयो ,“धेरै घटना मिलापत्रबाट समाधान भए भने केहि कानुनि प्रक्रियामा रहेका छन् ।”

उहाँले भन्नुभयो ’महिला तथा बालबालिकासंग सम्बन्धित घटनाहरु बढि हुने गरेको छन् ।’गतवर्ष तनहुँमा १०५ वटा मानव अधिकार सम्बन्धी घटनाहरु दर्ता भएका थिए । तर यसवर्ष भने ७१ वटा मात्र घटना दर्ता भएको इन्सेक तनहुँका प्रतिनिधि भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button