तपाईँ सुन्दै हुनुहुन्छः

म्याग्दे गाउँपालिकामा भुमि आयोगको कार्यालय उद्घाटन

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा भुमि सम्बन्धि समस्या समाधान आयोग लगत संकलन ईकाइ कार्यलयको मंगलबार उद्घाटन भएको छ ।

कार्यलयको प्रमुख अतिथि भुमि सम्बन्धि समस्या समाधान आयोग केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेश सदस्य एक बहादुर रानाले उद्घाटन गर्नुभयो ।

कार्यलयको उद्घाटन गर्दै रानाले वास्तविक भुमिहिनले मात्रै भुमि पाउने बताउनुभयो । भुमि सम्बन्धि सबै समस्या समाधान गर्ने काम आयोगको पहिलो प्राथमिकतामा पर्ने रानाको भनाइ थियो ।

भुमिहिन सम्बन्धि समस्या समाधान आयोग तनहुँका अध्यक्ष दधिराज सुवेदीले भुमिहिन व्यक्तिलाई जग्गा उपलब्ध गराइने तर सुकुमबासिलाई नदिइने बताउनुभयो । उहाँले भन्नुभयो ’पार्टी र जाती नहेरि आयोगले काम गर्छ ।’

भुमिहिन सम्बन्धि समस्या समाधान आयोगका सदस्य शान्ति कुँवरले आयोगमा निष्पक्ष तरिकाले राजनीतिलाई टाढा राखि काम गर्ने बताउनुभयो ।यस्तै विज्ञ सदस्य दिर्घबहादुर दरैले यस भन्दा अगाडि धेरै पटक धेरै आयोग गठन हुने फेरि काम नहुँदै विघटन हुने हुँदा सुकुम्बासी समस्याको समाधान हुन नसकेको तर यसपटकको आयोगले सबै काम पूरा गर्ने बताउनुभयो ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवि रानाले गाउँपालिका भित्रका भुमिहिन हरूलाइ भुमि दिलाउनको लागि निश्पक्ष तरिकाले तथ्यांक संकलन गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button