तपाईँ सुन्दै हुनुहुन्छः

विराटनगर मनपामा राजश्व सङ्कलन अनलाइनबाट

मोरङ। विराटनगर महानगरपालिकाले सेवाग्राहीलाई सहज ढङ्गले राजश्व कर तिर्ने व्यवस्थाका लागि मङ्गलबार अपराह्नदेखि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । नगरवासी करदाताले आफ्नो विवरण हेर्ने र कर भुक्तानीका लागि के–कति रकम भुक्तानी गर्नुपर्ने जानकारी उक्त अनलाइन पोर्टलमा आउने व्यवस्था गरिएको छ ।

कार्यालय वा वडा गई लाइनमा बस्नुपर्ने कार्यको अन्त्य गरी सहज ढङ्गले घरबाट भुक्तान गर्ने व्यवस्था मिलाइएको छ । महानगर प्रमुख भीम पराजुलीले उक्त प्रविधिबाट नगरवासीले सहजरूपले राजश्व बुझाउन सक्ने चर्चा गर्दै आगामी दिनमा यसमा थप सुविधा उपलब्ध गराउन आवश्यक सुझावका लागि आग्रह गर्नुभयो ।

उहाँले अहिलेको व्यस्त दिनचर्याको अवस्थामा सेवाग्राहीले सहजरूपले अनलाइन पोर्टलबाट सेवा प्राप्त गर्ने बताउँदै नगरवासीलाई अन्य सेवासुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button