काठमाडौँ मेयर कप एक दिवसीय पुरुष क्रिकेटको खेलतालिका सार्वजनिक
काठमाडौँ । पहिलो संस्करणको काठमाडौँ मेयर कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलवार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
क्यानले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । फागुन २२ गते हुने उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । त्यही दिन मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबिच खेल हुनेछ ।
फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ । एक टिम काठमाडौँ मेयर–११ रहेको छ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।
प्रतियोगिता आयोजनाको लागि क्यानले काठमाडौँ महानगरपालिकासँग सम्झौता गरेको थियो । सम्झौता अनुसार काठमाडौँ महानगरपालिकाले क्यानलाई ५० लाख उपलब्ध गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्