सल्यानमा भरुवा बन्दुक सहित दुई जना पक्राउ
सल्यान । सल्यानमा भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको कालीमाटी गाउँपालिका वडा नम्बर २ निवासी ४५ वर्षीय कुल बहादुर सारु र सोही ठाउँका २५ वर्षीय कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सारुले घर नजिकै खोल्सामा स्याउलाले छोपी राखेको र घर्तीले आफ्नै खेतबारीमा लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय लहामको हिरासतमा राखेर अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्