तपाईँ सुन्दै हुनुहुन्छः

महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई साइकल वितरण

सप्तरी । सप्तरीको कञ्चनरुपमा महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई साइकल वितरण गरिएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ ले ९ जना महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई साइकल वितरण गरेको हो ।

कार्यक्रममा नगर प्रमुख वसन्तकुमार मिश्रले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंमसेवीकाहरुलाई काम गर्न सजिलो होस भनेर साइकल प्रदान गरिएको बताउनुभयो ।

महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्‍याउँदै आएको र स्वास्थ्य क्षेत्रमा सेवा गर्न थप सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको वडा अध्यक्ष राजकुमार साहले बताउनुभयो ।

स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सह संयोजक डम्बरप्रसाद गुप्ता, सुरेन्द्रप्रसाद यादव, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डा. सञ्जीवकुमार झा, पोषण कार्यक्रमकी सहजकर्ता सुशीला चौधरी लगायतका वक्ताहरूले समाजलाई राम्रो बनाउन स्वास्थ्य क्षेत्र राम्रो हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button