तपाईँ सुन्दै हुनुहुन्छः

साढे ७ किलोमिटर ग्रामीण कृषि सडक सोलिङ

धनकुटा । छथर जोरपाटी गाउँपालिका वडा नं.५ मा चालु आर्थिक बर्षमा ३ वटा ग्रामीण कृषि सडकहरू सिलिङ भएका छन् ।
करिब ७ किमी सडक सिलिङ हुँदा १ हजार भन्दा बढी वडावासीहरू लाभान्वित भएका छन् ।
वडाले ४०० भन्दा बढी घरधुरी लाभान्वित हुने गरी वडा नं. २ बाट वडा नं  ५ सम्म आउने  फुर्तुङ डाँडा फ्याटघर देवीटोल खण्डमा सोलिङको काम सम्पन्न गरेको हो ।
गाउँपालिकाको १० लाख लागतमा सम्पन्न भएको उक्त ३ किलोमिटर सडक उपभोक्ता समितिद्वारा काम सम्पन्न गरिएको हो ।
त्यस्तै चुलाचुली ताम्लिङ्ग तेलिया खोला सडक खण्डको ६ सय मिटर उपभोक्ता समितिबाट सिलिङ भएको छ । १५० घर भन्दा बढी लाभान्वित हुने यस सडक पनि पालिकाको १५ लाख लागतमा सम्पन्न भएको हो ।
त्यस्तै सिंधुवा पिपल डाँडा गुवा बेंसी ३ हजार २ सय मिटर सडकको काम भइरहेको छ । नगरपालिकाको ७७ लाख लागत मध्ये ४५ लाख बरावरको १८०० मिटर बाटो टेन्डरबाट र १४०० मिटर बाटो उपभोक्ताबाट ३२ लाखको लागतमा काम भइरहेको छ ।
यो सडकबाट ५०० भन्दा बढी स्थानीयबासीहरु लाभान्वित हुने वडाले जानकारी दिएको छ । बाटो सिलिङ भएपछि अब १२ महिना बर्षात्को समयमा पनि यातायात सञ्चालन हुने वडा अध्यक्ष सुरेन्द्र कुमार लिम्बुले जानकारी दिनुभयो ।
यस सडकहरूले वडा नं. ५ का नागरिकहरूलाई गाउँपालिका, जोरपाटी बजार, सिंधुवा बजार र जिल्ला जान सहयोग गर्नेछ । यी सडकहरूले स्थानीय स्तरमा उत्पादन भएका सब्जी तथा कृषि उपजहरू स्थानीय बजारहरूमा लैजान सहयोग पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button