तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रहरी प्रमुखसँग शान्ति सुरक्षाबारे छलफल 

सहभागीहरूका गुनासा सुझाव लिँदै डिआइजी उत्तमराज सुवेदी 
बझाङ । सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुबेदीसँग जिल्लाको शान्ति सुरक्षाको बारेमा छलफल भएको छ ।
डिआइजी सुवेदी जिल्लामा आउँदा मङ्गलवार  जिल्ला प्रहरी कार्यालयमा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरी जिल्लाको शान्ति सुरक्षा र समसामयिक विषयमा छलफल गरेका हो ।
सुबेदीसँगको अन्तर्क्रिया कार्यक्रममा जिल्लाका सरोकारवालाहरूले जिल्लामा प्रहरी प्रशासनबाट भएका राम्रा कुरा र गुनासाहरू पनि राखेका थिए । साथै कतिपय हत्याका  घटनाका व्यक्तिहरू र मृतकको लास  समेत भेटाउन नसकेको स्मरण गर्दै नागरिक समाज र सहभागीहरूले पीडितको न्यायका लागि प्रहरी प्रशासन कसैको दबाब प्रभावमा नपर्नु पर्ने सुझाव दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा डिआइजी  सुबेदीले अहिले पेसागत रुपमा आपराधिक समूहहरू निषेध भई सकेको तर अपराध र घटनाको प्रकृति बदलिएको हुँदा यसको रोकथाम र नियन्त्रणका लागी समुदायले पर्याप्त सूचना सहयोग आवश्यक भएको बताउनुभयो  । उहाँले अधिकांश घटना १६ देखि २५ वर्षको उमेर समूहबाट भएकाले त्यस्ता घटना न्यूनीकरण गर्न विद्यालयमा र घरमा नैतिक शिक्षा व्यवहारिक ज्ञानको आवश्यक भएको धारणा राख्नुभयो ।
पेसागत डन, आपराधिक समूहलाई नेपालको प्रहरीले कानुनी दायरामा ल्याई सकेको हुँदा त्यस्ता समूहबाट अब कुनै पनि डर नभएको तर अहिले समाजमा हत्या हिंसा बलात्कार आत्महत्या जस्ता थुप्रै घटनाहरू आफन्त चिनजान , सामाजिक सञ्जालको माध्यमबाट  भएकाले  यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न र अपराधीलाई कानुनी दायरामा ल्याउन समुदायका मान्छेले गाउँघर, समाजमा हुन सक्ने सम्भावित घटनाहरूबाट सचेत हुनु पर्नेमा जोड दिनुभयो ।
साथै उहाँले आफु सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुख हुँदा अधिकांश घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउन सफल भएको बताउँदै  प्रहरीको क्षमता विकास, पूर्वाधार विकाससहित गल्ती गर्ने प्रहरीलाई समेत कारबाही गरेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा भएको डिआइजी सँगको अन्तर्क्रिया कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा शिक्षक युवा कर्मचारी पत्रकारहरूको सहभागिता रहेको थियो ।  डिआइजी सुबेदीले सत्यवादी माविका  बिद्यार्थीहरु लाई समेत असल मान्छे बन्ने र अपराधमा लाग्न नहुन सुझाव दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button