तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीबाट ७९ परिवार विस्थापित, सर्वपक्षीय बैठक बसी क्षतिपूर्ति दिने तयारी  

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ दोभान बजारमा आगलागीबाट ४७ घर जल्दा ७९ परिवार विस्थापित भएका छन् ।
मङ्गलवार बिहानदेखि लागेको आगो पूर्ण रुपमा नियन्त्रणमा लिन सकिएको छैन । फुङलिङ नगरपालिकाको दमकल साथै एक्स्काभेटरको सहायताले घरहरू भत्काएर थप आगो फैलन दिइएको छैन ।
आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना साथै स्थानीयले नियन्त्रणको प्रयास गरिरहेका ताप्लेजुङका प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।
आगोले कति क्षति भयो भन्ने तथ्याङ्क आई नसकेको बताइएको छ । कोसीका विभिन्न जिल्लासँग जोडिनुका साथै तीन गाउँपालिकाको सङ्गम स्थल ताप्लेजुङको दोश्रो ठुलो बजारमा प्रत्येक घरमा व्यवसाय सञ्चालन साथै अलैँचीको गोदाम गरी राखिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले जनाएको छ ।
केहीबेरमै सर्वपक्षीय बैठक बस्ने र पीडितहरूलाई क्षतिपूर्तिको व्यवस्थाबारे छलफल गरी निर्णय गरिने गाउँपालिका अध्यक्ष गणेश लिम्बुले जानकारी दिनुभयो । यो ठाउँ सदरमुकाम फुङलिङबाट १७ किमी दूरीमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button