तपाईँ सुन्दै हुनुहुन्छः

सिंजामा ट्याक्टर दुर्घटना,९ जना घाईते

जुम्ला ।   जुम्लामा मंगबार साँझ ट्याक्टर दुर्घटना हुँदा सिंजा गाउँपालिका ६ का ९ जना स्थानीय घाईते भएका छन् । सिंजा गाउँँपालिकाको नराकोट बजारबाट नुन लोड गरी सिंजा गाउँपालिकाकै वडा नं ७ जोडु भाडगाउँ जादै गरेको ना ७ त ३५३६ नम्बर ट्याक्टर दुर्घटना हुँदा १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

सडक बाट करिब तीन सय जती तल ट्याक्टर खसेको र टयाक्टरमा बसेका चालक सहित १० जना घाईते भएको डिएसपी माधव प्रसाद काफ्लले बताउनुभयो । उहाँका अनुसार घाईतेहरुको मंगलबार रातीनै उद्दार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

घाईते हुनेमा सिंजा गाउँपालिका ६ का २१ वर्षिय शेर बहादुर रावत,५० वर्षिय भोटनी बुढा,४५ वर्षिय कालुलुडी बुढा,१४ वर्षि दान बहादुर बुढा, १५ वर्षिय गोविन्द बुढा रहेका छन् । त्यस्तै, ६० वर्षिय मिनकली बुढा,१९ वर्षिय धर्मचन्द्र रावत,३५ वर्षिय जनक बुढा र ३५ वर्षिय विष्णुकली बुढा गरी ९ जना घाईते भएका हुन् ।

घाईतेहरुको अनुहार, खुट्टा,ढाड र टाउकोमा बढी चोट लागेको प्रहरीले जनाएको छ । घाईते १० जना मध्य २÷३ जनाको अबस्था गम्भीर छ । भने अन्यको अबस्था सामान्य रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जानकारी दिएको छ ।
यता प्रहरी कार्यालयले भने घटना केकति कारण भएको हो भन्ने बारे अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button