चीनले नेपाललाई थप ३ लाख डोज कोरोनाभाइरस विरुद्धको खोप प्रदान गर्ने

काठमाडौंं । चीन सरकारले नेपाललाई अनुदान सहयोग स्वरूप थप ३ लाख डोज कोरोनाभाइरस विरुद्धको खोप प्रदान गर्ने घोषणा गरेको छ ।
यसअघि चीनले नेपाललाई ५ लाख कोरोनाभाइरस विरुद्धको खोप दिने घोषणा गरेको थियो ।
कोभिड–१९को महामारी विरुद्धको नेपाल सरकारको अभियानलाई टेवा पु¥याउन चिनियाँ सरकारले नेपाललाई दिइने खोपको सङ्ख्या बढाएर ८ लाख पु¥याउने निर्णय गरेको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो ट्वीटर ह्यान्डल मार्फत जानकारी दिनु भएको हो ।
राजदूत यान्छीले कोरोनाभाइरसको विरुद्ध विजय प्राप्त गर्ने अभियानमा सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्