तपाईँ सुन्दै हुनुहुन्छः

मङ्गलवार १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मङ्गलवार रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैङ्कका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो ।

ऋणपत्रको ब्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैङ्क तथा वित्तीय संस्था, गैर बैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ ।

केन्द्रीय बैङ्कले मङ्गलवार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल हुने जनाएको छ । ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याज कर लाग्नेछ ।

विवरणअनुसार प्रतिस्पर्धीलाई रु आठ अर्ब ५० करोड र अप्रतिस्पर्धी लाई रु एक अर्ब ५० करोड छुटाइएको छ । घटीमा रु ५० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई रु ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउनेछन् ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button