तपाईँ सुन्दै हुनुहुन्छः

सभामुख सापकोटा र अस्ट्रेलियाका राजदूतबिच शिष्टाचार भेट 

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि अस्ट्रेलियाका महामहिम राजदूत Ms. Felicity Jane Volk बिच आज शिष्टाचार भेट भएको छ ।
सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत Ms. Felicity Jane Volk लाई सफल कार्यकालको शुभकामना दिनुभयो ।
सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबिच ६ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको चर्चा गर्दै अस्टे«लियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले अस्ट्रेलियाको १ सय २० बर्ष लामो सङ्घीयता सम्बन्धी असल अभ्यासहरू नेपालका लागि सिकाई हुनसक्ने बताउनुभयो ।
सङ्घीय संसदमा नेपाल–अस्ट्रेलिया संसदीय मैत्री समूह रहेको बताउँदै सभामुख सापकोटाले  कोभिड नियन्त्रण पछि संसदीय मैत्री समूह थप सक्रिय भई संसद्–संसदबीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नु भयो । नेपाली विद्यार्थीहरूको ठुलो सङ्ख्या अस्ट्रेलियामा  उच्च शिक्षाका लागि अध्ययन र रोजगारीमा समेत रहेको बताउँदै उहाँले यो अवसरका लागि अस्ट्रेलियाली सरकारलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
राजदूत Ms. Felicity Jane Volk ले आफ्नो कार्यकालमा नेपालमा व्यापार, लगानी प्रवर्द्धन  र सङ्घीयता कार्यान्वयनका लागि सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले आफ्नो देशमा सङ्घीयताको लामो इतिहास भए पनि सिक्ने क्रम जारी रहेको चर्चा गर्दै नेपाल र अस्ट्रेलियाले एक अर्काबाट सिक्नु पर्ने धेरै विषय रहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button