तपाईँ सुन्दै हुनुहुन्छः

शुक्लागण्डकी नगरपालिकाले जित्यो ऋषिङ अध्यक्ष कपको उपाधि

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको भलिबल टिमले ऋषिङ अध्यक्ष कप जितेको छ ।
ऋषिङ गाउँपालिकाको आयोजनामा भएको प्रथम ऋषिङ अध्यक्ष कप अन्तरपालिका भलिबल प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकाले घिरिङ गाउँपालिकालाई हराउँदै उपाधि हात पारेको हो ।
प्रतियोगितामा शुक्लागण्डकी २२/२५, १५/२५, १२ /२५ को सोझो सेटमा शुक्लागण्डकी विजयी भएको हो । प्रतियोगितामा घिरिङ्ग उपविजेता बनेको छ ।
प्रतियोगितामा भिमाद नगरपालिका तृतीय र नवलपुर बर्दघाट सुस्ता पूर्वका बुलिङ्गटार सान्त्वना भएका छन् ।
खेलकुदको माध्यमबाट गाउँपालिकाको प्रचारप्रसार गर्ने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button