तपाईँ सुन्दै हुनुहुन्छः

मेयर कप फुटबलको उपाधि निजगढ युवा क्लब ए तेस्रोलाई

बारा । बाराको निजगढमा सञ्चालित तेस्रो निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि निजगढ युवा क्लब ए ले जितेको छ ।

फाइनलमा योङ्गस्टार युवा क्लबलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै निजगढ युवा क्लबले तेस्रो संस्करणको निजगढ मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाईब्रेक्ररमा धकेलिएको थियो ।

उपाधि विजेता निजगढ युवा क्लब ए ले ट्रफीसहित १ लाख रुपैंया र उपविजेता योङ्गस्टार युवा क्लबले ४५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

खेलको म्यान अफ द म्याच निजगढ युवा क्लब ए का गोलरक्षक रोशन धामी घोषित भएको निजगढ युवा क्लबले जनाएको छ । विधागत रुपमा प्रतियोगिताको उत्कृष्ट डिफेन्स योङ्गस्टार युवा क्लबका सुनिल लामा भए भने उत्कृष्ट गोलरक्षक निजगढ युवा क्लब ए का रोशन धामी भएका छन् ।

त्यसैगरी निजगढ युवा क्लब ए का कप्तान राजकिशोर धामी प्रतियोगिताका उत्कृष्ट मिडफिल्डर भए भने प्रतियोगिताका उत्कृष्ट खेलाडी योङ्गस्टार युवा क्लबका अरुण लामा घोषित भएका छन् ।

प्रतियोगिताको फियर प्ले अवार्ड रतनपुर युनाईटेड यूथ क्लबले हात पार्‍यो भने सर्वाधिक गोलकर्ता निजगढ युवा क्लब ए का समीर तामाङ घोषित भएका छन् ।

विधागत रुपमा उत्कृष्ट खेलाडीहरूले ट्रफी हात पारेका छन् ।

निजगढ युवा क्लबद्वारा आयोजित प्रतियोगितामा निजगढ नगरपालिकाका १६ वटा क्लबहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button