तपाईँ सुन्दै हुनुहुन्छः

१२ ठाउँमा फ्री वाइफाई जडान

बारा । कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवले नगरको १२ ठाउँमा फ्री वाइफाई जडान गर्नु भएको छ ।
एक कार्यक्रमका बिच नगरप्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद बर्णवालले सोमवारका दिन संयुत रुपमा उदघाटन गर्नुभएको हो । उद्घाटन कार्यपछि आयोजित कार्यक्रमलाई सम्बाधेन गर्दै मेयर यादवले नागरिकलाई घर घरबाट संसारमा भए गरेका ताजा घटनाहरू जान्न र समय पास गर्नका लागि एवम् सूचना र प्राविधिक विकास बिस्तार गर्ने अभियान स्वरूप फ्रि वाईफाई जडान गरिएको मेयर यादवले बताउनुभयो ।
फ्री वाइफाई जडान भएपछि नगरवासीमा खुसीयाली छाएको छ । वर्ल्डलिकको सहकार्यमा कलैयाको भरतचोक, कलैया बजार, कलैया अस्पताल, देवकोटा चोक, जिल्ला प्रशासन कार्यालय, रामजानकी मन्दिर, दुर्गा स्कुल, बसपार्क, जिल्ला अदालत, मालपोत कार्यालय, दुर्गा मन्दिर, बरेवामा फ्री वाइफाई जडान गरिएको छ ।
यो सेवा नगरपालिकाको सबै वडाहरूमा पुर्‍याउने सोच रहेको मेयर यादवले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button