अवैध काठसहित कैलालीमा २ जना पक्राउ
कैलाली । अवैध काठसहित कैलालीमा २ जना पक्राउ परेका छन् ।
घोडाघोडी नगरपालिका वडा नम्बर–४ बाट स्थानीय जनक साउद र रामप्रसाद न्यौपाने पक्राउ परेका हुन् ।
आज बिहान ६ बजे वडा नम्बर ४ को मेलघट्टी सामुदायिक वनको सिमानामा पर्ने सिमली खोलाबाट एउटा ट्याक्टरसहित, सालका कडी र २ जनालाई पक्राउ गरी सब डिभिजन वन कार्यालय पहलमानपुरमा बुझाइएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्