तपाईँ सुन्दै हुनुहुन्छः

कुकुरको आक्रमणबाट १२ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नंं २ स्टेसन एरियामा गए राति भुस्याहा कुकुरको टोकाइबाट बोल्न नसक्ने सुस्त मनस्थितिकी १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

राति १ बजेतिर घरबाट शौचका लागि बाहिर निस्केकी बोल्न नसक्ने तथा सुस्त मनस्थितिकी बालिकालाई स्टेसन एरियामा रहेका भुस्याहा कुकुरको झुन्डले टोक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुकुरको टोकाइबाट मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नंं २ का मोहम्मद अख्तरकी छोरी वर्ष १२ की सीवरन खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनकपुरधाम क्षेत्रमा भुस्याहा कुकुरको अत्यधिक आतङ्क रहेको बेलामा पछिल्लो घटना भएको छ । खास गरेर झुन्ड झुन्डमा बस्ने कुकुरको आतङ्कले अभिभावक त्रसित बनेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button