तपाईँ सुन्दै हुनुहुन्छः

स्रोत साधनलाई परिचालन गरी विकासलाई अघि बढाउनु पर्नेमा मुख्यमन्त्रीको जोड

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उपलब्ध स्रोत साधनलाई परिचालन गरी विकासको गतिलाई अघि बढाउनु पर्ने बताउनु भएको छ ।
आज धनगढीमा नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रम प्रादेशिक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले वित्त व्यवस्थापनका आधारमा बजेट तथा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री भट्टले तिनै तहका सरकारलाई कानुन निमार्ण गर्ने देखी कार्यान्वयन गर्ने अधिकार रहेको उल्लेख गर्दै सबैले दायित्व पुरा गरे विकास र समृद्धिको यात्राले गति लिने बताउनुभयो ।
विकासप्रति जनताको अपेक्षा धेरै छ, प्रदेश सरकारले स्रोत र साधनको कमीले गर्दा चाहे जति विकास गर्न नसेकेको उहाँले बताउनुभयो । गोष्ठीमा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा,  नगरपालिका संघका अध्यक्ष अशोककुमार बेन्जु श्रेष्ठ, धनगढी उपमहानगरपालिका प्रमुख नृप वड, गौरीगंगा नगरपालिका प्रमुख भीम देउवा लगायतले धारणा राख्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button