तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा साहसिक जलयात्रा सुरु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने महाकाली नदीमा साहसिक जलयात्रा (र्याफ्टीङ) सुरु भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर–१२ मा पर्ने निर्माणाधीन महाकाली चारलेन पुलबाट झोलुङ्गे पुलसम्म र्याफ्टीङ सेवा सुरु भएको हो ।

महाकाली र्याफ्टीङ एण्ड रिर्सोट प्रालिले पर्यापर्यटनलाई लक्षित गरी साहसिक जलयात्रा सुरु गरेको कम्पनीका सञ्चालक करन सिंह पालले जानकारी दिनु भएको छ । कम्पनीले ¥याफ्टीङका लागि महेन्द्रनगरबाटै गाडी समेत व्यवस्था गरेको छ ।

नदीको ३ दशमलव ५ किलोमिटर दुरीमा सेवा सञ्चालन गरिएको कम्पनीका सञ्चालक करन सिंह पालले बताउनुभएको छ । रिर्सोटका लागि जग्गा भाडा लिएर संरचना निर्माणको तयारी भइरहेको जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ले र्याफ्टीङ सञ्चालनले यस क्षेत्रको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

२०७७ मा ३० गते महाकाली नदीमा ‘र्याफ्टिङ’ सञ्चालनका लागि भीमदत्त नगरपालिका कञ्चनपुर, परशुराम नगरपालिका डडेलधुरा, दशरथचन्द नगरपालिका बैतडी, रुडुक, अक्सफाम, निड्स र र्याफ्टिङ एण्ड एडभेन्चर प्रालीबीच समझदारी–पत्रमा हस्ताक्षर भएको भएको थियो ।

महाकालीमा निर्माण भइरहेको चारलेनको पुल र एसियाकै दोस्रो लामो झुलङ्गे पुल घुम्न आउने पर्यटकका लागि र्याफ्टिङ आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button