कानुन कार्यान्वयनका लागि सबैको समन्वय आवश्यक : सभामुख घर्ती

रुपन्देही । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा बनेका कानुनको कार्यान्वयनका लागि सबैको समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाज लुम्बिनीले आज बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै घर्तीले एकात्मक संरचनाबाट सङ्घीय संरचनामा जाने अभ्यास नयाँ भएकाले पनि सुरुमा केही अप्ठ्यारो भएको बताउनुभयो ।
अन्य प्रदेशमा भन्दा लुम्बिनी प्रदेश कानुन निर्माण तथा कार्यान्वयनमा अगाडि रहेको बताउँदै सभामुख घर्तीले विषयगत समितिलाई पनि प्रभावकारी बनाउँदै लगेको बताउनुभयो । उहाँले प्रशासनिक संरचनामा पूर्णरुपमा परिवर्तन नभएका कारण पनि प्रादेशिक संरचनामा काम गर्न अप्ठ्यारो परेको बताउनुभयो ।
उपसभामुख कृष्णी थारुले कार्यान्वयनमुखी कानुन निर्माणका लागि सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा विभिन्न विषयगत समितिका सभापति तथा सदस्यहरूले तीन वर्षको समयमा गरेका कामको समीक्षा गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्