तपाईँ सुन्दै हुनुहुन्छः

३ करोड ३० लाखको कपाली तमसुक बनाई ठगी गर्ने दुई पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ३ करोड ३० लाखको कपाली तमसुक बनाई ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा निवासी ७० वर्षीय मुनि राउत अहिरलाई ललाई फकाई ३ करोड ३० लाख रुपैयाँको कपाली तमसुक बनाई ठगी गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० प्रसोतीपुर निवासी दीपेन्द्र यादव र बाराको विश्रामपुर बरैनिया निवासी लेखनदास शैलेन्द्र त्रिपाठीलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।
७० वर्षीय वृद्ध मुनि राउत अहिरलाई ललाई फकाई ३ करोड ३० लाखको कपाली तमसुक बनाउने गिरोह मध्येका अन्य केही व्यक्तिहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button