खाडलमा डुबेर ४ वर्षीय बालकको मृत्यु
वीरगंज । बाराको निजगढ नगरपालिका वडा नम्बर ८ मा पानी जम्मा भएको खाडलमा डुबेर ४ वर्षीय नाबालकको मृत्यु भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर ८ ठाडालाइन निवासी सरोज कुमार लामाका ४ वर्षीय छोरा अदबिक लामाको धाराको पानी जम्मा भएको खाडलमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा आफ्नै घरको छेउमा रहेको धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि निजगढ अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्