तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली पोखरामा(फोटो फिचर)

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरा विमानस्थलमा स्वागत गर्दै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । तस्बिरः राधिका कँडेल/रासस

गण्डकी। प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रमका लागि आज पोखरा आउनुभएको छ । यती एयरलाइन्सको विमानबाट आउनुभएका प्रधानमन्त्री ओलीलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य पार्टीका नेता तथा कार्यकर्ता एवं सरकारी उच्चपदस्थ कर्मचारीले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पोखरा विमानस्थलमा अवतरण गर्दै । तस्बिरः राधिका कँडेल/रासस

प्रधानमन्त्री ओलीले पोखरामा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेश कमिटीको आयोजनामा हुने गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले आजै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्नाका साथै पोखरा रङ्गशालाको स्थलगत निरीक्षण गर्ने कार्यक्रमसमेत छ ।रासस

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पोखरा विमानस्थलमा अवतरण गर्दै । तस्बिरः राधिका कँडेल/रासस

प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पोखरा विमानस्थलमा अवतरण गर्दै । तस्बिरः राधिका कँडेल/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button