चार सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सयले बढेर ८८ हजार सात सय रुपैयाँ कायम भएको छ ।
आइतबार छापावाल सुनको भाउ तोलाको ८८ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।तेजावी सुनको भाउ तोलाको ८८ हजार २५० सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला १३ सय २५ रुपैयाँ कायम भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्