नेत्रविक्रम चन्द (विप्लव) समूहका महोत्तरी–सर्लाही इन्चार्ज पक्राउ

बर्दिवास।महोत्तरी प्रहीले नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका महोत्तरी–सर्लाही इन्चार्जलाई पक्राउ गरेको छ ।२ नंं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गौशाला नगरपालिका–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
पक्राउ परेका इन्चार्ज सुस्लिङलाई थप अनुसन्धनका लागि महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो ।प्रहरीले चन्दा आतंक मच्चाएको भन्दै उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।








प्रतिक्रिया राख्नुहोस्