तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा वालुवा चाेरी गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

कपिलवस्तु। कपिलवस्तुमा बालुवा चोरी गर्ने १० वटा ट्याक्टर प्रहरीले आइतबार साँझ नियन्त्रणमा लिएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नं. १० विजगौरीबाट सर्त विपरित बालुवा चारी गर्ने १० वटा ट्याक्टरलाई वडा प्रहरी कार्यालय तौलिहवाले पक्राउ गरेको हो ।

प्रहरी नायव निरिक्षक अभय रावतको कमाण्डमा खटिएको उक्त टोलीले डेरुवा पुल नजिकको ५ सय मिटर भित्र सर्त विपरित बालुवा उत्खनन गरेको आरोपमा ट्याक्टर नियन्त्रणमा लिएको बताइएको छ ।

पुलको ५ सय मिटर आसपास नदीजन्य पदार्थ उत्खनन गर्न कानुनले दिदैंन् ।पक्राउ परेका ट्याक्टरलाई जिल्ला समन्वय समिति कपिलवस्तुमा नियम अनुसार जरिवानाका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button