तपाईँ सुन्दै हुनुहुन्छः

सहिदभुमि गाँउपालिका पूर्ण विधुत चुहावट मुक्त गाँउपालिका द्योषणा गर्ने

धनकुटा । धनकुटाको सहिदभुमि गाँउपालिका पूर्ण विधुत चुहावट मुक्त गाँउपालिका द्योषणा गर्ने भएको छ । गाँउपालिकाको सातौ गाँउसाभा बाट विधुत चुहावट मुक्त गाँउपालिका द्योषणा गर्ने निर्णय गरेको हो ।

गाँउपालिकाका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न भएको सातौ गाँउ सभाबाट विद्युत चुहावट मुक्त गाँउपालिका द्योषणा गर्ने निर्णय गरिएको हो ।

विद्युत चुहावट मुक्त गाँउपालिका द्योषणा गर्नका लागि नेपाल विद्युत प्रधिकरण संग सहकार्य तथा समन्वय गर्ने निर्णय गरिएको गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले जानकारी दिनुभएको छ ।

त्यस्तै गरी गाँउ सभा बाट जल स्रोत ऐन र संस्था दर्ता सम्बन्धि ऐन पारित गरेकाछन् । त्यस्तै यो वर्षको बजेट अनुमोदन गरिनुका साथै गाँउपालिकाको कार्यक्रम तथा योजनाहरु संसोधन गर्दै एकपटकलाई फागुन मसान्त सम्म म्याद थप गरिएको गाँउपालिकाका प्रमुख प्रशाससकिय अधिकृत साक्यले बताउनु भयो ।

त्यस्तै गरी गाँउपालिकाको चालू आर्थिक वर्ष २०७७ ।०७८ को साउन महिना देखि पौष मसान्त सम्मको अर्धवार्षिक समिक्षा कार्यक्रम पनि सम्पन्न भएको छ । समिक्षा कार्यक्रममा गाँउपालिकाको सम्पूर्ण वडाका वडाकार्यलयका सचिवहरु र गाँउपालिकाको सम्पूर्ण साखा प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गाँउपालिका उपाध्यक्ष रत्नश्वरी राई , वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य तथा वडा सदस्यहरु लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button