तपाईँ सुन्दै हुनुहुन्छः

न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित  पक्राउ

दाङ । तुलसीपुरमा एक जना न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित प्रहरीले  पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की ४२ वर्षीया तुलसा पोखरेललाई आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।
तुलसीपुर बजारस्थित पोखरेलको घर अगाडि पार्किङ गरेर राखेको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिकी भित्र राखेको अवस्थामा प्लास्टिकसहित २.२२ ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबहादुर सिंहका अनुसार गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले पोखरेलको स्कुटरमा प्रतिबन्धित लागूऔषध बरामद बरामद गरेका थिए । त्यसपछि प्रहरीले  पोखरेललाई नियन्त्रणमा लिएको थियो ।
तर, पक्राउ पर्नु भएको  पोखरेलले आफूलाई फसाइएको तथा आफ्नो स्कुटरमा फेला परे पनि त्यो ब्राउन सुगरकाबारे आफूलाई थाहा नभएको दाबी गरेको डिएसपी सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button