तपाईँ सुन्दै हुनुहुन्छः

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

अछाम । अछामको साँफेबगर नगरपालिकामा रहेको एक विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका एक शिक्षकलाई इलाका प्रहरी कार्यालय ठाँटीले पक्राउ हो ।
पीडित छात्राका अभिभावक र गाउँका अन्य व्यक्तिसँग पनि घटनाको बारेमा सोधपुछको काम भइरहेको इलाका प्रहरी कार्यालय ठाँटीका प्रहरी नायब निरीक्षक मदन सिंह धामीले बताउनु भयो ।
शिक्षकले शनिवार पर्यटकीय क्षेत्र खप्तडको नैनीमा वनभोज गएर साँझ घर फर्किने क्रममा छात्रालाई घर पुर्‍याई दिन्छु भन्दै मोटरसाइकलमा राखेर लगेको र गहुँबारीमा अनैतिक क्रियाकलाप गर्न लागेको स्थानीय महिलाहरूले देख्दा गाउँलेलाई खबर गरी शनिवार राति नै उनलाई स्थानीयले पक्राउ गरेर राखेका थिए ।
आज बिहान विद्यालयमा विद्यार्थीले तालाबन्दी गरी कारबाहीको माग गरेका सोही विद्यालयका शिक्षक लक्ष्मी प्रसाद जोशीले जानकारी दिनुभयो ।
आरोपितलाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button