तपाईँ सुन्दै हुनुहुन्छः

नेप्से करिब ८० अङ्कले घट्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से करिब ८० अङ्कले घटेर २५०० विन्दु भन्दा तल झरेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार २५५४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन ७९.७४ अङ्क अर्थात् ३.१२ प्रतिशतले घटेर २४७४.३९ विन्दुमा झरेको छ ।

नेप्से ओरालो लागे पनि यस दिन कारोबार रकममा भने सुधार भएको छ । गत साताको अन्तिम कारोबार दिन ६ अर्बको शेयर किनबेच भएको बजारमा यस दिन २०७ कम्पनीको ९६ हजार १५१ पटकको कारोबारमा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरका १ करोड ६० लाख १७ हजार कित्ता शेयर किनबेच भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button