३० करोड लागतमा ‘वाटर पार्क’ सञ्चालनको अन्तिम तयारी

सुनसरी । औद्योगिक र व्यापारिक ‘हब’ बन्दै गएको सुनसरीको इटहरी उपमहानगरपालिकामा–३० करोड लागतमा ‘वाटर पार्क’ सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।
कोभिड–१९ को कारण १ वर्ष पछि धकेलिएको पार्कको औपचारिक रुपमा खुल्ला गरिएको पार्कका अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।
जल पर्यटन व्यवसायमा पनि लगानी बढ्न थालेको छ । इटहरी–२ स्थित ६ विगाह क्षेत्रफलमा फैलिएको यो पार्क धेरै सुविधा भएको नेपालको पहिलो मनोरञ्जन पार्क हो । ‘वाटर पार्क’ अध्यक्ष पौडेलले इटहरी आउने पर्यटकलाई लक्ष्य गरी वाटर पार्क निर्माण गरिएको र यसले पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पूर्वी नेपाल र छिमेकी मुलुक भारतका पर्यटकलाई लक्षित गरी ताल तलैया नजिकै खोलिएको यस पार्कमा दैनिक १ हजार पर्यटक अँट्न सक्ने बताइएको छ । पूर्ण रुपमा प्रशोधित पानीको प्रयोग हुने भएकाले बच्चादेखि वयस्कसम्मले पानीमा मनोरञ्जन लिन सक्ने गरी विभिन्न संरचना निर्माण गरिएको अध्यक्ष भीम पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार यस पार्कमा ३ फिट मुनी र ७० वर्ष माथिका व्यक्तिलाई कुनै शुल्क लाग्दैन भने विद्यार्थीलाई विशेष सहुलियत छ । पार्कमा पानीसँगै खेल्ने अत्याधुनिक ८ वटा स्लाइड रहने छन । एक स्लाइडमा एक पटकमा ८ जनाले खेल्न सक्ने पार्कमा दैनिक ५ हजार मानिसले मनोरञ्जन लिन सक्ने उनले बताउनुभयो ।
पार्कमा ६ सय मानिस अटाउने पुल समेत रहेको पुलमा बसेपछि समुन्द्रको छालमा बसेजस्तो हुने छ । पार्कमा जोरासिक, बोटिंग र लोप भइसकेको डाइनोसरको समेत अवलोकन गर्न सकिनेछ । पार्कमा जिपलाइन टावर, वाल क्लाइम्बिंग, स्नोपार्क, रेस्टुरेन्ट, बार्बे क्यू, इन्डियन फुड कोर्ट र आइसक्रिम पार्लर समेत रहने छ ।
पार्कमा पौडेलसहित पूर्व एआइजी कृष्ण बस्नेत, पूर्व डिआइजी ज्ञानविक्रम शाह र काठमाडौँ हुपील्याण्ड एम्यूजमेन्ट वाटर पार्कका सञ्चालक जगबहादुर बस्नेतको संयुक्त लगानी रहेको बताइएको छ । पार्कको विधिवत् उद्घाटन भने फागुन १७ गते पर्यटन मन्त्री भानुभक्त ढकालले गर्ने आयोजकले जानकारी गराएको छ ।








प्रतिक्रिया राख्नुहोस्