तपाईँ सुन्दै हुनुहुन्छः

२५ किलो बढी अवैध चाँदीका गहना बरामद

वीरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ माईस्थानस्थित एक गहना पसलमा प्रहरीले छापामारी अवैध रुपमा लुकाई छिपाई राखिएको २५ किलो १ सय ६० ग्राम विभिन्न प्रकारका चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

माईस्थानस्थित शुभ लाभ गहना पसलमा भारतबाट अवैध रुपमा चाँदीका गहना ल्याई लुकाई छिपाई राखेको अवस्थामा सो परिणामको गरगहनासहित पसलमा काम गर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाई निवासी विराट सर्राफलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

माईस्थानस्थित शुभ लाभ गहना पसलमा अवैध रुपमा भारतबाट राजश्व छली गरी ल्याएका विभिन्न प्रकारका चाँदीका गरगहनाहरू लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पसलमा छपामारी उक्त परिमाणको चाँदीका गरगहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

बरामद गरिएको गर–गहनाहरू आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता खनालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button