कञ्चनपुरमा ३ हजार बढी वन क्षेत्र अतिक्रमित

कञ्चनपुर । कञ्चनपुरमा ३ हजार हेक्टर भन्दा बढी वन क्षेत्र अतिक्रमित भएको छ ।
कुल वन क्षेत्र ८८ हजार २ सय हेक्टर मध्य पछिल्लो समय वन क्षेत्रमा अतिक्रमण तीव्र भएपछि कुल ३ हजार १ सय ९२ हेक्टर वन क्षेत्र अतिक्रमित भएको हो । पछिल्लो समय जग्गा पाउने लोभमा वन अतिक्रमण गरेर धमाधम टहरा बनाउने क्रम बढेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले नयाँ अतिक्रमण हुन नदिन दिनहुँ घर टहराहरू भत्काउने काम भइरहेको बताउनु भएको छ ।
जिल्लाका विभिन्न सामुदायिक बनहरूमा डेढ साता यता तीन सय बढी छाप्राहरू थपिएका र वन कर्मचारीले भत्काउने काम गरिरहेको उहाँले बताउनु भएको छ ।
बसोबास गरेको स्थानमा जग्गा पाउने भन्दै पछिल्लो समय वन क्षेत्रमा धमाधम घर टहरा बन्न थालेका सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्