नेपाल बाल सङ्गठन बाराको साधारण सभा तथा अधिवेशन सम्पन्न
बारा । नेपाल बाल सङ्गठन बाराको अधिवेशन जितपुरसरिमा उपमहानगरपालिकाको सिमरामा सम्पन्न भएको छ ।
अधिवेशनले त्रिलोकविक्रम साह ठकुरीको संयोजकत्वमा आठ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिका सदस्यहरूमा मनिष प्याकुरेल, सुशील ढकाल, श्रीनिवास महतो, लक्ष्मी पाण्डे, कपिल खरेल, सोममाया थिङ र विनय कुमार गुप्ता रहेका छन् ।
एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देवीले चौधरीले अधिवेशनको उद्घाटन गर्नुभएको भएको थियो ।
नेपाल बाल सङ्गठन जिल्ला साधारण सभा कार्यक्रममा इलाका प्रशासन कार्यालय सिमराका प्रमुख लक्ष्मण ढकाल, नेपाल बाल सङ्गठनका निर्वाचन अधिकृत प्रकाश लम्साल, सशस्त्र प्रहरी कार्यालय जितपुरका सशस्त्र प्रहरी निरीक्षक कृष्ण पौडेल, युवा समाजसेवी हिरा बस्नेत, भैयाराम सहनी, मनोज कुमार साह, कपिल खरेल, सुरज पौडेल लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्