बाँसका सामाग्री बनाउने तालिम सञ्चालन
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ डाँडाखर्कमा बाँसका सामाग्री बनाउँने तालिम सञ्चालन गरिएको छ ।
महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा नागरिक सचेतना केन्द्र डाँडाखर्कले एक महिने तालिम सञ्चालन गरेको हो ।
घरायसी काममा प्रयोग हुँने बाँसका सामाग्री बनाएर स्थानीयबासीलाई गाउँमै स्वरोजगार बनाउने उद्धेश्यले तालिम सञ्चालन गरिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताउनुभयो । स्थानीय २० जनालाई तालिम प्रदान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्